गोपाल गुरुङको प्रथम स्मृति दिवस

-



     सफल आवाज    
     श्रावण १० गते २०७७ मा प्रकाशित



समाजसेवी स्व.गोपाल गुरुङको प्रथम स्मृति दिवस साउन ९ गते पोखरामा मनाइएको छ । गुरुङको गत वर्ष काठमाण्डौंमा ६२ वर्षको अल्पायुमा उपचारको क्रममा निधन भएको थियो । पञ्चासे क्षेत्रको समग्र विकासको निम्ति विगत तीन दशक देखि निरन्तर लागेका गुरुङलाई सधै जिवित राख्न पञ्चासेसंग सरोकार राख्ने विभिन्न संघसंस्था, समाज र व्यक्तिहरुको सुझाव अनुसार पञ्चासेमा गोपाल स्मृति पार्क निमार्ण गर्ने निर्णय भएको थियो ।

सो पार्क निमार्णको लागि क्या. हितमान गुरुङको अध्यक्षतामा एघार सदस्यीय गोपाल पञ्चासे स्मृति पार्क निमार्ण उपभोक्ता समिति गठन गरिएको थियो । प्रथम स्मृति दिवस समेत सोहि समितिको आयोजना मनाइएको हो । आप्mनो सारा जीवन समाजसेवामा बिताएका गुरुङ जीवनको पूर्वार्धमा राजनीतिज्ञ थिए । उनको नेतृत्वकालमा गाँउमा खानेपानी, सडक, सिंचाइ, हेल्थपोष्ट, वन संरक्षण जस्ता अनेक विकासका कार्यहरु सम्पन्न भएका थिए ।

पञ्चासे वरपरका विभिन्न संघसंस्था र सरोकारवाला निकायहरुसंग आवद्ध भई गुरुयोजना बनाउनुका साथै पञ्चासेलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउने कार्यमा उनको मुख्य भूमिका रहेको थियो । भौतिक दुरी कायम गरेर आयोजित समारोहमा विभिन्न संघसंस्था र महत्वपूर्ण ब्यक्तित्वहरुको उपस्थिति रहेको सचिव चिजकाजी गुरुङले बताए

अध्यक्ष क्य. हितमान गुरुङले पार्क निर्माणको लागि संघिय, प्रदेश र स्थानिय सरकारसंग पनि समितिले आर्थिक सहयोगको लागि पहल गरिरहेको बताए । सम्बोधनको क्रममा पञ्चासे बुद्ध विहारका प्रमुख मिन गुरुङ, शिक्षासेवी शेरबहादुर गुरुङ, बाह्बीसे पंैगिलामा परिवार पोखराका अध्यक्ष ना.सु. कुल बहादुर गुरुङ र समितिका सचिव चिजकाजी गुरुङले स्व. गोपाल गुरुङको योगदानको चर्चा गरेका थिए ।