नागपञ्चमी मनाइयो

-



     फोटो–अशेष शाक्य    
     श्रावण १० गते २०७७ मा प्रकाशित



श्रावण शुक्लपञ्चमीका दिन आज शनिबार नागपञ्चमी परम्पराअनुसार नागको पूजाअर्चना गरी देशभर मनाइएको छ । घरका मूलढोकामा नागको तस्वीर टाँस्दा तथा नागपूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।