
पहिरोले अबरुद्ध पृथ्वीराजमार्ग । फाइल फोटो
मर्मतकार्य जारी रहेर शनिबार बिहानैदेखि अवरुद्ध रहेको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड गएरातिदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको छ । राजमार्ग अवरुद्ध भएर दिउँसोदेखि नै सडकमै रोकिएका यात्रु गन्तव्यतर्फ लागेका छन् ।
पहिलो चरणमा दमौलीतर्फबाट गएका सवारी र दोस्रो चरणमा डुम्रेतर्फबाट आएका सवारीलाई गन्तव्यतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । उक्त सडकखण्ड आइतबारसम्ममा दुईतर्फी सञ्चालनमा आउने बताइएको छ । साउन ६ गते सडक भासिएर पटक–पटक अवरुद्ध हुँदै आएको राजमार्ग शनिबार बिहानैदेखि बन्द गरेर मर्मतको काम भइरहेको छ ।
सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर सचिन श्रेष्ठले भत्किएको सडकखण्डमा ग्याविनजाली भरेर सडक सञ्चालन गर्ने काम भइरहेको जानकारी दिए । काम नसकिएकाले आइतबारसम्ममा सडक दुईतर्फीरुपमा सञ्चालनमा आउन सक्ने उनले बताए ।रासस