प्रदेश–१ मा समुदाय स्तरमा फैलदै कोरोना, २० जना प्रहरीमा देखियो ‘पोजिटिभ’

-



     सफल आवाज    
     श्रावण ११ गते २०७७ मा प्रकाशित



विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत २० जना प्रहरीलाई कोरोना देखिएको छ । प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतका बडीगार्ड सहित २० जनालाई कोरोना पुष्टि भएको हो ।

गत शुक्रबार प्रदेश कार्यालयमा कार्यरत पाँच प्रहरीमा कोरोना पुष्टि भएसँगै १६० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । त्यसक्रममा २० जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय सिल गरेर कार्यालयमा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।