
उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
त्यसैगरी १ जना न्यायाधीश र प्रहरीसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए । यसअघि उच्च अदालतका सहसचिव स्तरको एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको एक साता नबित्दै उच्च अदालतकै न्यायाधीशमा संक्रमण पुष्टि भएको हो ।