
नेपालमा आज देशभर केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि बिहानैदेखि देशभर मौसम सामान्य बदली छ भने प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ।
दिउँसो प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–एक वा दुई–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको बुलेटिनअुनसार सोमबार रातिदेखि वर्षाको मात्रा अझ बढ्दै जानेछ। राति देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ रहेको जनाइएको छ । यस्तै, प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
ती स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म देशभर व्यापक वर्षाको सम्भावना छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३–४ दिनसम्म मनसुन सक्रिय हुने जानकारी दिएको हो।
ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएको ठाउँमा डुवान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन भनिएको छ ।
आगामी ३ दिनको मौसमी अनुमान :
