सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डिआईजी अर्याल

-



     सफल आवाज    
     श्रावण १२ गते २०७७ मा प्रकाशित


सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरिक्षक (डिआईजी) राजु अर्याल तोकिएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालका अनुसार संगठनसँग सम्बन्धित सूचना, जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार अर्यालबाट प्रवाह हुनेछन् ।

संगठनबाट सम्पादन भएका जनसरोकारका विषय लगायतका सूचनाहरु प्रेषित गर्ने जिम्मेवारी अर्याललाई तोकिएको बताइएको छ ।