मणिपाल शिक्षण अस्पताल कार्यरत चिकित्सकमा कोरोना

-



     सफल आवाज    
     श्रावण १२ गते २०७७ मा प्रकाशित



पोखरा, १२ साउन । पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकमा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कास्कीका स्वास्थ्य अधिकृत बाबुराम आचार्यले सो कुराको पुष्टि गरेका हुन् ।

आचार्यका अनुसार ती चिकित्सकको २ दिन अघि स्वाब संकलन गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा पठाइएकोमा सोमबार रिपोर्ट पोजेटिभ आएको हो । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

अस्पतालको मेडिकल वार्डमा कार्यरत ती चिकित्सक कलेजमा एमडी पहिलो वर्षका विद्यार्थी समेत हुन् । अस्पतालको आवासमा बस्ने उनी यसअघि मणिपालमा उपचारका लागि पुगेकी चिनियाँ युवतीको उपचारमा संलग्न रहेको बुझिएको छ ।

ती चिकित्सकको सम्पर्कमा आएका मानिसहरुको पनि निगरानी थालिएको छ । उनी रिपोर्ट नआउँदासम्म पनि अन्य बिरामीको उपचारमै संलग्न थिए ।