लाइसेन्स बनाइदिन्छु भनेर रकम असुली गरेको अभियोगमा एक पक्राउ

-



     सफल आवाज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ साउन । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिन्छु भनेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगु खत्याड गाउँपालिका–८ घर भइ हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय प्रेमराज पाण्डे छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त, थानकोटले खरिबोटबाट पक्राउ गरिएको डीएसपी राजकुमार केसीले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा पाण्डेले चन्द्रागिरि–४ का मंगल श्रेष्ठ र शैसव श्रेष्ठ लगायतलाई लाइसेन्स बनाइदिन्छु भनेर प्रतिव्यक्ति साढे १३ हजार रुपैयाँ लिएको खुलेको छ ।