ठक्करबाट स्कुटर चालकको मृत्यु

-



     सफल आवाज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित


चितवन । चितवनको रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । घटनामा ३१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार दुर्घटनामा घाइते उनको पुरानो मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना४ख ४१५५ नंको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना४७प ६१८९ नंको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।