नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

-



     सफल आवाज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित



सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ । गत असार १० देखि सुरु बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि सहमतिका लागि भन्दै पटक पटक बैठक स्थगित हुँदै आएको हो । बैठक अब कतिबेला बस्छ भन्न सकिने अवस्था यकिन छैन ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका २ अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तयार गर्न बाँकी रहेकाले बैठक स्थगित भएको जानकारी दिए ।

पार्टीभित्र चुलिएको दूरीका कारण अध्यक्षद्वय पुष्पकमल दाहाल र ओली वार्तामा लागेका थिए ।