कालिकोटमा पहिरोले ८ बेपत्ता

-



     सफल आवाज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित


सांकेतिक फोटो ।



कालिकोट जिल्लामा गएराति अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर ८ जना बेपत्ता भएका छन्।

रास्कोट–१, बडलतोलाका जयबहादुर शाहीको घर पहिरोले बगाउँदा उनीसहित २ छोरा, १ छोरी र साली गरी ५ जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार शाही, उनकी १५ वर्षे छोरी संगीता, १२ वर्षे कौशा, ८ वर्षे छोरा नवीन र १५ वर्षे साली अस्मिता शाही बेपत्ता भएका छन् ।

उता, सान्नी त्रिवेणी–७ की केशुरा शाहीको घर पहिरोले बगाउँदा बेपत्ता छन् । सान्नी त्रिवेणीकै चोक्टेबगरमा टेके टमाटा, छोरी यशोदा टमटा र झाँउरे दर्जीकी पत्नी बेपत्ता छन् ।

बेपत्ताको उद्धारका लागि स्थानीयको सहयोगमा सुरक्षाकर्मी खटिएको छ ।