पहिरोले घर बगाउँदा रुकुमपश्चिममा २ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण १४ गते २०७७ मा प्रकाशित



रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–९, स्यालामा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।

अविरल वर्षासँगै खसेको पहिरोले हस्तबहादुर सुनारको घर बगाएको हो । पहिरोमा २२ वर्षे नवीन सुनार र १६ वर्षे बलबहादुर सुनारको मृत्यु भएको हो ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुकुम पश्चिममा लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

पहिरोले हस्तबहादुरकी आमा ६० वर्षे झुपी र पत्नी २२ वर्षे ब्यूझना, छोरीहरू ५ वर्षे कोपिला र ३ वर्षे ऋतुको सकुशल उद्धार गरिएको प्रहरीले जनायो ।