दाङमा पहिरोले पुरिँदा आमाछोरीको मृत्यु भएको छ ।
बङ्गलाचुली गाउँपालिका–५ साकिनेमा गएराति ३ बजेतिर घरमाथिबाट खसेको पहिराले घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र २ वर्षीया छोेरी आयुष्मा नेपालीको मृत्यु भएको हो । घरमा रहेका ५ जनामध्ये अन्य ३ जना भने सकुशल छन् ।
बङ्गलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिराको उच्च जोखिममा छन् ।
केही दिनयताको लगातारको वर्षाले बङ्गलाचुलीका अधिकांश स्थानका बस्ती पहिराको उच्च जोखिममा परेका हुन्न् ।