पृथ्वीराजमार्ग अवरुद्ध

-



     सफल आवाज    
     श्रावण १४ गते २०७७ मा प्रकाशित


सांकेतिक तस्वीर ।


पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी सडकखण्ड पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको उनले बताए ।