३ सय ८२ सुरक्षाकर्मीमा कोरोना

-



     सफल आवाज    
     श्रावण १४ गते २०७७ मा प्रकाशित


आमनागरिकसँगै सुरक्षाकर्मीमा देखिएको पछिल्लो सङ्क्रमणले नेपालमा कोरोनाको जोखिम बढाएको महसुस गरिएको छ ।

नेपाल प्रहरीको मुख्यालय प्रहरी प्रधानकार्यालयमा साउन ११ मा ४ जनामा कोभिड–१९ देखियो । त्यसपछि मंगलबारको परीक्षणमा थप ३१ जनामा कोरोना पुष्टि भयो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीका अनुसार प्रहरीमा अहिलेसम्म २ सय ६ जनामा सङ्क्रमण भइसकेको छ । नेपाली सेनाका ७९ जनामा सङ्क्रमण भइसकेको छ ।

चार सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग) का गरी कुल ३ सय ८२ जनामा सङ्क्रमण देखिइसकेको छ । अझै पनि १ सय ४१ जना उपचाररत छन्।

नेपालमा १९ हजारमा कोभिड–१९ देखिएकामा भण्डै १४ हजार निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट ४९ जनाको निधन भएको छ ।