पछिलो २४ घण्टामा थप २१० जनामा कोरोना पुष्टि

-



     सफल आवाज    
     श्रावण १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड-१९)  को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट निको भएर घर फर्कनेको संख्या १४६ रहेको छ । यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् ।