
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी एसएसपी कुवेर कडायतले पाएका छन । आज बुधबारबाट उनले प्रवक्ताको जिम्मेवारी पाएका हुन ।
प्रहरी संगठनसँग सम्बन्धित सूचना, जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचार अब एसएसपी कडायतबाट प्रवाह हुनेछन ।
संगठनबाट सम्पादन भएका जनसरोकारका विषय लगायतका सूचनाहरु प्रेषित गर्ने जिम्मेवारी कडायतलाई तोकिएको प्रहरी प्रधान कार्यालय नक्साल स्रोतले बताएको छ ।
यसअघि तत्कालीन डिआइजी निरज शाही प्रवक्ताको जिम्मेवारीमा थिए । हाल उनी एआईजीमा बढुवा भएका छन ।