नेपाल–चीन युगौंदेखिको सम्बन्ध : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

-



     सफल आवाज    
     श्रावण १४ गते २०७७ मा प्रकाशित



पाेखरा, १४ साउन । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँं वार्षिकोत्सवमा नेपाल–चीन हिमालमैत्री समाज नेपालले बुधबार पोखरामा प्रदेशस्तरीय कार्यक्रम गरेको छ ।

प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुमधुर बनाउँदै राष्ट्रको विकासमा जोड्नुपर्ने आवश्यकता औंल्याए ।

उनले नेपाल र चीनबीच युगौंदेखि सामाजिक एवं सांस्कृतिक रुपमा सम्बन्ध बढेको बताए ।

प्राकृतिक स्रोत र साधनले नेपाल सम्पन्न भएपछि उचित सदुपयोग गर्न नसक्दा विकसित मुलुकको दाजोमा पुग्न नसकेको उनको गुनासो थियो । उनले विदेशी मुलुकबाट आउने आर्थिक सहयोगका लागि एकतावद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी लगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।