पछिल्लाे २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण

-



     सफल आवाज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित



काठमाडौं,१५ साउन । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण देखिएको छ ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४१ सहित थप २७४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर २२७ जना डिस्चार्ज भएका छन् भने निको हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।