
फाइल फोटो।
अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।
अविरल वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा बिहीबार बिहान ९ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
एक्साभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।