दरबारमार्ग वृत्तका प्रमुख रञ्जन दाहाल जिम्मेवारीबाट हटाइए

-



     सफल आवाज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित



१५ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ ।

१५ किलो ‘सुन’ भनी बरामद भएको पहेँलो धातु काण्डमा मुछिएपछि दाहाललाई त्यहाको जिम्वेवारीबाट हटाइएको हो । दाहाललाई घटनास्थल परिवर्तन गरेको र अभियुक्तलाई भगाएको आरोप छ ।
हाल उनलाई पुलिस एकेडेमी महाराजगंजमा काजमा पठाइएको नेपाल प्रहरीका प्रबक्ता एसएसपी कुबेर कडायतले बताए ।

छानविनका लागि प्रहरी वृत्त दरवारमार्गको नेतृत्वबाट हटाइएको हो -प्रबक्ता एसएसपी कडायतले सफल आवाजलाई भने । दाहालको ठाउँमा डीएसपी रामशरण पौडेललाई पठाइएको छ ।

घटनाकाे अनुसन्धान गर्न एसएसपी सुशील कुमार यादवको नेतृत्वमा छानबिन समिति गठन भइसकेकाे छ।