वीरगञ्जका मेयरलाई लाग्यो कोरोना भाइरस

-



     सफल आवाज    
     श्रावण १५ गते २०७७ मा प्रकाशित



वीरगञ्ज, १५ साउन । विरगञ्ज महानगरपालिका मेयर विजय सरवागीलाई कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । मेयर सरवागी आफैले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई कोरोना भाइरस लागेको पुष्टि गरेका छन् ।

कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले स्टाटसमा उल्लेख गरेका छन् ।

वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।