जनकपुरका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

-



     सफल आवाज    
     श्रावण १६ गते २०७७ मा प्रकाशित



धनुषा, १६ साउन । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तेस्तै, न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारबाही बाहेक अन्य काम शुक्रबारदेखि ३१ गतेसम्मका लागि स्थगित गर्ने उच्च अदालत जनकपुरले गरेको छ ।