
विराटनगर, १६ साउन । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ ।
समुदायस्तरमा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।
लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ ।