कञ्चनपुरमा श्रीमतीको हत्या, श्रीमान् घाइते

-



     सफल आवाज    
     श्रावण १७ गते २०७७ मा प्रकाशित



कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा शुक्रबार राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमान् ६२ वर्षीय घनश्याम खाती गम्भीर घाइते बनाएको बताए ।

प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।