
कोरोना भाइरसको संक्रमित बढेसँगै बारामा आइतबारदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।
स्थान निर्धारण गरी आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए।
जसअनुसार अत्यावश्यक कामका बाहेक कोही पनि नागरिक भेला हुन तथा घर बाहिर निस्कन नहुने, अति आवश्यक सेवाको लागि दैनिक प्रयोग हुने सवारीसाधन जस्तै विद्युत, खानेपानी, खाद्यान्न, दूध, ग्यास, औषधी, एम्बुलेन्स बाहेक अन्य सवारीसाधन (चारपाङ्ग्रे तथा मोटरसाइकल समेत) लाई पूर्ण रुपमा संचालन बन्देज लगाउने, निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द रहने सूचनामा उल्लेख छ।