
काठमाडौं, १८ साउन । आइतबार नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको स्वाब परिक्षणको नतिजाबाट सो संख्याका संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्ममा कुल संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।
आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् । कोरोना संक्रमणका कारण आइतबारसम्म ५७ जनाको मृत्यु भएको छ ।