जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा जारी

-



     सफल आवाज    
     श्रावण १८ गते २०७७ मा प्रकाशित



जनकपुरधाम, १८ साउन । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनकपुरधाम उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले कडाई गरिने बताए ।