काठमाडौंमा भेटिए थप ३१ संक्रमित

-



     सफल आवाज    
     श्रावण १८ गते २०७७ मा प्रकाशित


काठमाडौं, १८ साउन । काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना कोरोना संक्रमित भेटिएका हुन् ।

नेपालमा आइतबारमात्रै कुल २ सय ४६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कुल संक्रमित संख्या २० हजार ३ सय ३२ पुगेको छ ।