
पहिरोको सांकेतिक तस्वीर ।
काठमाडौं, १९ साउन । अविरल वर्षापछि पहिरो जाँदा सिन्धुपाल्चोकको मेलम्ची–११, मेलम्ची बजारमा ८ जना बेपत्ता भएका छन् । १ जनालाई भने प्रहरीले उद्धार गर्न सफल भएको छ ।
कभर्ड हल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा ८ जना बेपत्ता भएका हुन् । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् ।
गएराति २ बजेतिर गएको पहिरोमा ३ घण्टाको प्रयासपछि १ जनालाई जिवितै उद्धार गर्न प्रहरी सफल भएको थियो ।
निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।
यसअघि असार २४ मा सिन्धुपाल्चोकका भोटेकोसी, बुलकुटे र ठाडो खोलामा आएको बाढी पहिरोमा वेपत्ता भएका २० जना अझैसम्म फेला परेका छैनन् ।