अपडेडः मेलम्ची पहिरोमा ११ जना वेपत्ता, ५ जनाको शव भेटियो

-



     सफल आवाज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित


पहिरोको सांकेतिक तस्वीर ।

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएको पहिरोमा ११ जना पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पुरिएका मध्ये ५ जनाको शव भेटिएको छ ।

शव भेटिएका मध्ये वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ ।

उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । उनीहरु बस्दै आएको टहरोलाई गएराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो ।