मोरङमा गाँजासहित २ युवक पक्राउ

-



     सफल आवाज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित



मोरङ, साउन १९ । मोरङको कटहरी गाउँपालिकामा दुई युवकलाई तीन केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय  (ख )  हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको क्रममा को२५प ८०७४ नं को मोटरसाइकलमा सवार सुनसरी धरान १५ बस्ने ३४ वर्षीय आशिष राई र पछाडि बस्ने धरान–१६ का २२ वर्षीय सञ्जीव राईले बोकेको झोलामा उक्त गाँजा बरामद गरेको हो ।

प्रहरीले मानिस, गाँजा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।–रासस