
मोरङ, १९ साउन । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडानम्बर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यका परिवारका तीनजना सदस्यमा पनी कोरोना पोजेटिभ देखिएको हो ।
आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ ।