अब प्लेट चम्चा नै खान मिल्ने ?

-



     आरबी बुढाथोकी    
     श्रावण १९ गते २०७७ मा प्रकाशित



भाँडा माझदा–माझ्दा हैरान हुनु भएको छ ? अब भने तपाईंलाई खुसीको खबर छ । अबका पुस्ताले दुःख गर्नु नपर्ने भएको छ । वैज्ञानिक चमत्कार र बदलिँदो समय अनुसार खाना खाँदा वा चिया कफी पिउँदा तपाईंले प्लेट चम्चा वा कप माझ्नु पर्ने छैन । वैकल्पिक उपाय भटाभट आउन थालेका छन् । दुना टपरा हुँदै प्लाष्टिकको प्लेटमा आइपुगेको हाम्रो समाजमा अब खाना सहित प्लेट, चम्चा, कप पनि खान मिल्ने समाचार आउन थालेका छन ।

विभिन्न बहुराष्ट्रिय कम्पनीले यसको परीक्षण गरी व्यावसायिक रुपमा बजारमा ल्याइसकेका छन् । खाना खाँदा खान मिल्ने प्लेट चम्चाको आविष्कार पनि खाद्यान्नको नै हुने हुँदा कुनै साइड इफेक्ट नहुने सबैको ठहर छ । खाना अर्डर गर्नु्स्, खाना खानुस्, साथमा प्लेट चम्चा वा कप पनि खाएर जानुस् ।

प्लाष्टिकको अत्यधिक प्रयोगका कारण वातावरण र मानवस्वास्थ्यमा परिरहेको नकारात्मक असरबाट जोगाउन वैज्ञानिकले दिनहुँ नयाँ–नयाँ प्रयोग र आविष्कार गरिरहेका छन् । उनीहरुले प्लाष्टिकको प्रयोग हुने केही सामाग्री यस्तो पदार्थबाट बनाएका छन्, जसलाई खान मिल्छ । भारत, बेलायतहुँदै अमेरिकाका वैज्ञानिकले यो भिन्न–भिन्न प्रयोगमा ल्याइसकेका छन् । उनीहरुले पिठोको प्लेट र चम्चा बनाएका छन् । जुन सबैले सह्राहना गरेका छन् ।

त्यस्तै, बेलायत र अमेरिकाका शोधकर्ताले पनि सामुद्रिक लेउ ( सिउड) जुन सजिलै खाना मिल्छ । त्यसबाट चिया पिउने कप तथा पानी र जुस पिउने ग्लास बनाएका छन् । पानी वा चिया पिएपछि जुन सजिलै खान मिल्छ । मान्नुस्, यो खानाकै हिस्सा हो ।

मेक्सिकोमा पानी विभिन्न सलाद तथा अन्य खानाहरु एडिएबल प्लेटहरुमा सर्भिस गरिन्छ । जुन सजिलै खान मिल्छ । स्यान्डुजहरु पनि तपाईंले सजिलै बिनाप्लेट खाएर पेट भर्न सक्नु हुन्छ । इटालियन कफीमेकर कम्पनी लाभाजाले एडीएबल कुकिस कपहरु बजारमा ल्याइसकेको छ । किन्ताकी फ्राइड चिकन केएफसी फेन्चाइज कम्पनीले बिस्कुट र सूगर पेपरबाट बनेका इडएबल भाँडाकुँडाहरु सन् २०१५ देखि नै बजारमा ल्याएको छ ।

लोलीवयरलाई विश्वको प्रथम एडएबल ग्लास मानिन्छ । जुन सत्प्रतिशत प्लाष्टिक फ्री, ग्लूटिन फ्री,जेलेटिन फ्री,बीपीए फ्री मानेर प्राकृतिक तवरमा तयार पारिएको मानिन्छ । यो ग्लासमा ककटेल, मक्टेल,जुस, सफ्ट ड्रिंक्स पिउने गरिन्छ र तरल पदार्थ पिउनासाथ ग्लास पनि सजिलै खान मिल्छ ।लोलीवयरका को फाउन्डरस चेल्सिया ब्रिगन्ती र लेइग अन्न टुक्करले वातावरण जोगाउने हिसाबले यो सामाजिक काममा हात हालेका थिए, जुन सफल भए ।

लाभाजाको इडयबल कफी कप सफल भएपछि अन्य कम्पनीहरुले पनि विभिन्न सूप बाउल तथा प्लेटहरु पेष्ट्रिका सामान प्रयोग गरी बजारमा ल्याउन थाले ।

वैकल्पिक उपायरुपमा प्रयोगमा ल्याइएका यस्ता खानायोग्य घरायसी सामानले कुनै नराम्रो असर नगर्ने हुँदा होटल रेष्टुरेन्टले पनि प्रयोगमा ल्याउन थालेका छन् ।

आइसक्रिम खाँदा कोन खाएजस्तै अन्य गुलिया मीठा परिकारका लागि पनि विभिन्न चक्लेट तथा पेष्ट्री सामग्री प्रयोग गरी नयाँ प्रयोगमा ल्याइएको छ, जुन सजिलै खान मिल्छ ।

(लेखक सोल्टी क्राउन प्लाजाका सु.सेफ हुन्)