लगानी बोर्डको सिईओमा भट्ट नियुक्त

-



     सफल आवाज    
     श्रावण १९ गते २०७७ मा प्रकाशित



साउन १९ काठमाडौं, लगानी बोर्डको सिईओमा सुशील भट्ट नियुक्त भएका छन। सुशील ज्ञवाली,दिपकराज जोशी लगायतलाई पछि पार्दै योजना आयोगकाे सदस्य समेत रहेका भट्ट नै अन्तत लगानी बोर्डको सीईओ बने ।

आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हाे । कैलालीमा जन्मेका भट्ट हाल राष्ट्रिय योजना आयोगको सदस्य थिए । महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि यो पद रिक्त थियाे ।