मनिलामा फेरि लकडाउन

-



     सफल आवाज    
     श्रावण २० गते २०७७ मा प्रकाशित


फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गरिएको छ ।

राष्ट्रपतिले राजधानी मनिलादेखि अन्य प्रान्तहरूसँग आवतजावतलाई पनि बन्द गर्न लागेको बताएका हुन् ।

चिकित्सकहरूको टोलीले कोरोनाभाइरसको सङ्क्रमण तीब्ररूपमा फैलिनसक्ने चेतावनी दिएपछि उनले यस्तो निर्णय लिएका हुन् ।

महानगरको प्रहरी प्रशासनले मंगलबारदेखि दुई हप्ताका लागि लकडाउन गर्नेछ ।

आर्थिक गतिविधि बन्द गर्न र अत्यावश्यक बाहेकका अन्य सवै हिडडुल तथा यात्रा गर्न पनि उनीहरूले प्रतिवन्ध लगाउने भएका छन् ।

लकडाउनका समय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा विषेश केही उद्योगका कर्मचारीलगायतलाई पनि हिड्न दिइने गृह मन्त्रालयका सचिव एडुर्डो एनोले जानकारी दिए ।

राष्ट्रपति रोड्रिगो डुटेर्टेले यसअघि यही जुन १ तारिखदेखि लकडाउन अन्त्य गरी आर्थिक लगायतका धेरै गतिविधिका लागि खुल्ला गरेका थिए ।

उनले लकडाउन घोषणा गरेपनि बैंक, स्वास्थ्य तथा खाद्य सामग्रीसम्वन्धी कर्मचारी, कृषि उत्पादन कार्यमा संलग्न मजदुरलगायतलाई घरदेखि कार्यालय र कार्यालयदेखि घरसम्म जान पाउने व्यवस्था गरिने बताए ।

कमदारहरूले मोटरसाईकल, साईकल, नीजि कारमा आवत जावत गर्न पाउने तर सार्वजनिक यातायातका साधन भने प्रयोग गर्न नपाउने अधिकारीहरूले जनाएका छन् ।

फिलिपिन्सका चिकित्सासम्वन्धी झण्डै एक सय संस्थाहरूले विद्युतीय माध्यममार्फत गरेको बैठकमा अधिकांशले लकडाउन जस्ता प्रतिवन्धात्मक व्यवस्था तत्काल लागू गर्नुपर्नेमा जोड दिएका थिए । रासस