फोनिज युरोप सम्म फैलियो

-



     सफल आवाज    
     श्रावण २१ गते २०७७ मा प्रकाशित



युरोपमा बसेका नेपाली आदिवासी जनजाति पत्रकारहरुको भर्चुअल भेलाले हालै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ,फोनिज युरोप शाखाको गठन गरेको छ।

डेनमार्क बसोबास गर्ने वाईबी गुरुङ्ग को अध्यक्षतामा गठित सो शाखाको उपाध्यक्षमा बेल्जियम निवासी दिल निशानी मगर, महासचिवमा पोर्तुगल निवासी पेम्बा गेलु शेर्पा, सचिवमा बेल्जियम निवासी इन्दिरा चाम्लिङ राई र कोषाध्यक्षमा बेल्जियम निवासी मेहेन्दो वाइबा चुनिएका खबरमा उल्लेख छ। नेदरल्याण्ड निवासी राजु गुरुङ्ग, पोचुगर्नि वासी आलन्द गुरुङ्ग र सफल चाम्लिङ तथा रोमानिया निवासी ल्हाक्पा तेन्जी लामा सदस्यमा चुनिएका उल्लेख छ।

फोनिज केन्द्रीय सचिवालयको साउन १९ गतेको बैठकले युरोप शाखालाई अनुमोदन फोनिजको बैदेशिक शाखाका रूपमा अनुमोदन गरेको कुरा संगठन सचिव मिलन लिम्बुद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

आफ्नो लागि नभए पनि आउने पुस्ताका लागि सजिलो होस् भनेर दुई वर्षको अभ्यासबाट एउटा जग बसालिएको र नयाँ पुस्ताले इँटा थप्दै जाने विश्वास लिएको कुरा फोनिजको नवगठित युरोप शाखाका अध्यक्ष गुरुङले ब्यक्त गरेका छन्।