
पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित रातमाटामा ट्याक्टर दुर्घटनामा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका २१ वर्षीय विजय नेपाली हुन् ।
मोदी गाउँपालिका–७ राम्जा देउरालीबाट वडा २ देउपुरतर्फ आउँदै गरेको ग१त ६२७९ नम्बरको खाली ट्याक्टर मङ्गलवार राति अचानक सडकबाट तल खस्दा नेपालीको मृत्यु भएको हो ।
कच्ची भिरालो बाटोमा तीव्र गतिमा गुडाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीको छ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।