
नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २१ हजार ३ सय ९० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ७४ रहेको छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले मुलुकभर थप ३ सय ८१ जनामा कोरोना पुष्टि भएको बताए।
गएकोे २४ घण्टामा ६ हजार ३ सय ५९ को पीसीआर परीक्षण गरिएको थियो । बुधबार १ सय ३० जना कोरोना मुक्त भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १५ हजार १ सय ५६ पुगेका छ । पछिल्लो समय २ जनाको मृत्यु भएको छ । योसँगै कुल मृत्यु ६० जना पुगेका छन् ।