प्रधानमन्त्री ओलीलाई छैन कोरोना

-



     सफल आवाज    
     श्रावण २२ गते २०७७ मा प्रकाशित



प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट सार्वजनिक भएको छ । उनको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना भाइरस संक्रमित नभएको पुष्टि भएको छ।


परीक्षण रिपोर्टमा प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्री कार्यालयका कसैलाई पनि कोरोना नदेखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्रीलगायत प्रधानमन्त्री कार्यालयका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री ओलीसमेत संक्रमणको जोखिममा परेका थिए।

मन्त्री यादव प्रहरी समायोजन सम्बन्धी साउन १७ गते बालुवाटारमा भएको बैठकमा सहभागी थिए। उनको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको थियो।