श्रीमती र छोरीमाथि थिनर प्रहार

-



     सफल आवाज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित



काठमाडौंमा थिनर प्रहार भएको छ । काठमाडौं चुच्चेपाटीका एक युवकले एसिड आक्रमण गरेको हल्ला चले पनि त्यो एसिड नभै थिनर भएको प्रहरीले जनाएको छ।

हेटौंडा घर भइ काठमाडौं चुच्चेपाटी बस्दैआएका एक युवकले श्रीमती र छोरीमाथि थिनर प्रहार गरेका हुन्।

घरायसी विवादमा गएराति थिनर प्रहार गर्ने विष्ट थरका व्यक्तिलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

आक्रमणबाट छोरीको आँखामा थिनर परेकाले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आमाको अवस्था भने सामान्य छ । थिनर एक प्रकारको केमिकल हो।