कोरोना जोखिम बढेपछि काठमाडौंमा थप कडाई गर्ने निर्णय

-



     सफल आवाज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित



काठमाडौँ, २३ साउन । उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि थप कडाइ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ । तर तत्काल लकडाउन भने नहुने प्रमुख जिल्ला अधिकारी  (सीडीओ)  हरुले बताएका छन् ।

शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । ‘जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गर्ने निर्णय भएको छ­’।