थपिए कोरोनाका ४ सय ६४ संक्रमित

-



     सफल आवाज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित



काठमाडैं, २३ साउन । शुक्रबार नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।

यीसहित हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।