
गरिमा विकास बैंक लिमिटेड र ग्यालेक्सी हस्पिटल पाेखरा बीच सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंकका ग्राहकलाई ग्यालेक्सी हस्पिटल पोखरामा उपचार खर्चमा विशेष छुट हुने भएको हो । गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले सम्झौता पत्रमा हस्ताक्षर गरेकाे हस्पिटलका प्रबन्ध निर्देशक दिपेन थापाले सफल आवाजलाई बताए ।
२४ घण्टा बिशेषज्ञ सेवा दिईरहेको ग्यालेक्सी हस्पिटलले अनुभवी तथा दक्ष बिशेषज्ञ चिकित्सक र कर्मचारीबाट अत्याधुनिक स्वास्थ्य प्रविधिको प्रयोग गर्दै पोखरा १० उत्तमचोकबाट सबै प्रकारका रोगको उपचार सहितका स्वास्थ्य सेवा प्रदान गरिरहेको ग्यालेक्सी हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा.ऋषी ढकालले बताए ।
यस सम्झौता पश्चात गरिमा विकास बैंकका कर्मचारी र कर्मचारीका परिवार, भिसा कार्ड होल्डर र मोवाईल बैंकिङ्गका प्रयोगकर्ताहरुले ग्यालेक्सी हस्पिटल पाेखरामा उपचार गराउदा हस्पिटलबाट फार्मेसी बाहेक अन्य सेवामा १२ प्रतिसत छुट प्राप्त गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।
गरिमा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । बैंकले काठमाण्डौं उपत्यकाभित्र ११ वटा शाखा सहित देशभर ९१ शखा ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको बैकका नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बताए । विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ ।