एयर इन्डियाको विमान भारतमा दुर्घटना, पाइलटसहित कम्तीमा १६ को मृत्यु

-



     सफल आवाज    
     श्रावण २३ गते २०७७ मा प्रकाशित



नयाँदिल्ली,भारत । एयर इन्डियाको विमान शुक्रबार साँझ भारत केरलाको कालिकट विमानस्थलमा दुर्घटनाग्रस्त भएको समाचार छ ।

दुबईबाट आएको एयर इन्डियाको बोइङ ७३७ विमान अवतरणका क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको बिबिसीले जनाएको छ । दुर्घटनामा परी दुई पाइलटसहित कम्तीमा १६ जनाको मृत्यु भएको बिबिसी लगायत भारतीय सञ्‍चारमाध्यमले जनाएका छन ।

दुर्घटनामा कम्तीमा १२३ जना घाइते भएको र ३२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । विमान दुई टुक्रा भए पनि आगलागी भने नभएको कम्पनीले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा चालक दलका सदस्यसहित १९१ जना सवार थिए ।