
पोखरा, २४ साउन । गण्डकीमा थप २४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
क्षयरोग उपचार केन्द्र, पोखरामा पछिल्लो समय ७ सय ८२ नमुना परीक्षणमा २४ जना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो । तीमध्ये बागलुङका १३, स्याङ्जाका ७, कास्की ३ र म्याग्दीका १ जना संक्रमित फेला परेका हुन् ।
यो सहित कुल संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ ।
प्रदेशमा हालसम्म निको हुने १ हजार ४ सय ४३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले शनिबार विज्ञप्तिमार्फत जनाएका छन् ।