पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना संक्रमण पुष्टि

-



     सफल आवाज    
     श्रावण २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।