पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि

-



     सफल आवाज    
     श्रावण २६ गते २०७७ मा प्रकाशित


काठमाडौं, २६ साउन । पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।