गण्डकीमा संक्रमित थपिए पोखरामा थप ११ जना भेटिए

-

-



     सफल आवाज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित



पोखरा, २७ साउन । गण्डकी प्रदेशमा मंगलबार साँझ १७ जना कोरोना संक्रमित थपिएका छन । पोखराकाे वडा ९ का ४ महिला र २ पुरुषमा कोरोना देखिएको छ । भने पोखरा १९ का ४ जना महिलामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । १ संक्रमित महिलाको वडा खुलेको छैन ।

स्याङ्जामा ६ जना गरी गण्डकी प्रदेशमा १७ संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।


यस अघि पोखरा महानगरपालिकाको वडा ५ का ११ वर्षीय बच्चा (पुरुष) र ३८ वर्षीया महिला, वडा १७ की ४५ वर्षीया महिला र वडा ३० का ३० वर्षीय पुरुषलाई कोभिड–१९ पुष्टि भएको छ ।

पोखरामा आज बिहान संक्रमित देखिएका युवा सिदार्थ बैकको कर्मचारी रहेको बैक स्रोतले बताएको छ ।संक्रमित महिला भने एक सहकारीको कर्मचारी रहेको बुझिएको छ ।

यस्तै, बागलुङको बागलुङ नगरपालिका वडा ४ की २२ वर्षीया महिला, तनहुँको बन्दीपुर गाउँपालिका वडा ६ का १९ र वडा ३ का २९ वर्षीय पुरुषमा पनि कोरोना भाइरस देखिएको जनाइएको छ ।
यसैबीच, गण्डकी प्रदेशअन्तर्गत पोखरास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालमा सोमबारदेखि कोरोना संक्रमितको उपचार सेवा सुरु गरिएको छ ।